Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनोकिया–सी२ कम मूल्य पर्ने फोरजी स्मार्टफोन

नोकिया–सी२ कम मूल्य पर्ने फोरजी स्मार्टफोन


काठमाडौं, असार १
वर्तमान अवस्थाको जीवनशैली तथा आवश्यकता अनुसार भर्चुअल मिटिङ, अनलाइन क्लास, अनलाइन स्ट्रिमिग र अन्य इन्टरटेनमेन्टका लागी उपभोक्ताहरु द्वारा सस्तो र फास्ट चल्ने सुविधायुक्त स्मार्टफोनको माग बजारमा अधिकतम रुपमा बढेको छ । यस वर्तमान अवस्थालाइ मध्यनजर गर्दै नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रा.लि.ले कम मूल्यको स्तरीय फोर जी स्मार्टफोन ‘नोकिया–सी२’ बजारमा ल्याएको छ ।

नोकिया–सी२मा उत्कृष्ट एचडी डिस्प्ले, आकर्षक बनावट र बढि स्टोरेज क्षमता भएकोले अरु कम मूल्य पर्ने स्मार्टफोन भन्दा एकदमै राम्रो हुने कम्पनीको दाबी छ । नोकिया सी टू– फोरजी स्मार्टफोनमा ५ दशमलब ७ इन्चको एचडी प्लस आईपिएस डिस्प्ले स्क्रिन छ, जसलाई टफन ग्लासद्वारा सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ । यसमा एन्ड्रोईड नाईन पाई अपरेटिगं सिस्टम छ, जुन गो एप्स चलाउनको लागी उत्कृष्ट अपरेटिगं सिस्टम हो । गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिन्छ । यसमा माइक्रो एसडी कार्डद्वारा ६४ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ ।

साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ । यो स्मार्टफोनमा बदल्न मिल्ने दुई हजार आठ सय मेगाहर्जको व्याट्री छ जसको चार्ज दुई दिनसम्म टिक्छ । फोटोग्राफीको लागी यस स्मार्टफोनमा पछाडि ५ मेगापिक्सेल अटोफोकस क्यामरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि पाँच मेगापिक्सेल क्यामरा, सेन्सर एलईडी फ्ल्यास् लाइट रहेको छ । यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्याण्र्डड क्यामरा फिचरहरु रहेको छ । यसमा अन्य स्मार्टफोनमा हुने सबै कनेक्टिभिटि फिचरहरुरहेका छन । यस स्मार्टफोनको बजार मूल्य ९ हजार दुई सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो फोन विभिन्न आकर्षक रगंहरुमा पाउन सकिन्छ ।

साथै अहिले बजारमा उपलब्ध भइरहेको नोकिया सि वान र नोकिया २.३ स्मार्टफोनहरु १२ हजार भन्दा कम मूल्य पर्ने भएकोले प्रयोगकर्ताहरु द्वारा अत्यन्त रुचाएको कम्पनीको भनाई छ । साथै नोकियाका फिचर फोनहरु र नोकिया सि वान स्मार्टफोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x