Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल टेलिकमको रिपब्लिक डे अफर

नेपाल टेलिकमको रिपब्लिक डे अफर


काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसर पारेर रिपब्लिक डे अफर सार्वजनिक गरेको छ । विसं २०६५ जेठ १५ गते देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा टेलिकमले सो अफर ल्याएको हो ।

कम्पनीका अनुसार अफर सोमबारदेखि सुरु भएर बुधबारसम्म लागू हुनेछ । यसअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेजअन्तर्गत एक सय ११ रुपैयाँमा पाँच दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, एक सय ९९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, दुई सय ९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र तीन सय ९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफरअन्तर्गत सात सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने छ सय मिनेट अल नेट भ्वाइस सुविधा र दुई सय अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिकरूपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । यो अफर आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार ११ ह्याक्स डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x