Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा


काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस चाँडै ल्याउने भएको छ । आकर्षक डिजाइन तथा अत्याधुनिक प्रविधिको साथ यो फोनले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने रियलमीले अपेक्षा राखेको छ ।

रियलमी १२ प्रो प्लसमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ । फोनसँगको हरेक अन्तक्र्रियालाई रमाइलो बनाउनको लागि यसमा एक सय २० हटर््जको रिफ्रेस रेट राखिएको छ । क्वाल्कम स्न्याप ड्रयागन सात एस जेन दुई प्रोसेसर तथा चार एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जीबीको ¥यामसँग पाँच सय १२ जीबीको आन्तरिक स्टोरेज दिइएको छ, जुन आवश्यकताअनुसार २४ जीबीसम्म बढाउन पनि सकिन्छ ।

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरूको लागि रियलमी १२ प्रो प्लसको क्यामरा अतिउपयोगी हुने बताइएको छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नी भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनी आईएमएक्स आठ सय ९० ओआईएस क्यामरा, आठ मेगा पिक्सेलको एक सय १२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलको सोनी आईएमएक्स छ सय १५ सेल्फी क्यामराजस्ता अत्याधुनिक सुविधाहरू रियलमी १२ प्रो प्लसमा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरूले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्गजस्ता फिचरहरू रहेका छन् ।

६७ वाटको सुपरभोक सुपरफास्ट चार्जिङयुक्त पाँच हजार एमएएचको ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लसका प्रयोगकर्ताहरूले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशुल्क पाइन्छ । नेपालमा रियलमी १२ प्रो प्लसको १२ जीबी ¥याम र दुई सय ५६ जीबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x