हिमालय एयरलाइन्सद्वारा चार्टर्ड उडानको भाडादर सार्वजनिक
काठमाडौं, असार २
हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको हो । हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान श्रीलंकाको कोलम्बो र माल्दिभ्सको मालेबाट हुनेछ । यो गन्तब्यमा पहिलो उडानको ३ सय ८० डलर तोकिएको छ । कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४ सय ८० डलर निर्धारण गरिएको छ ।
त्यसैगरी बङ्गलादेशको ढाकाबाट उडान गर्नका लागि १ सय ६५ डलर निर्धारण गरिएको छ । युएईको आबुधाबीको भाडा ३ सय ६५ डलर तोकिएको छ । त्यस्तै साउदी अरेबियाको दमामबाट ४ सय ६५ डलर तोकिएको छ । सिङ्गापुर र मलेसियाको क्वालालम्पुरका लागि ३ सय ७२ डलर भाडादर कायम गरिएको हिमालयले विज्ञप्तिमार्फत जनाएको छ । सरकारको निर्णयअनुसार कोभिड–१९ महामारीबाट विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने अनुमतिअनुरुप उडान तालिका बनाइएको हिमालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ । नेपाल एयरलाइन्सको वाइड बडी जहाजले आइतबार बङ्गलादेशबाट २ सय ५८ नेपालीको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया