सिएफ मोटोको टेस्ट ड्राइभ तथा बुकिङ सुरु
काठमाडौं । दुई पाङ्गे्र ब्रान्ड सिएफ मोटो तथा जिहो ब्रान्डका नेपालको लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले स्कुटर तथा बाइकको टेस्ट ड्राइभ तथा बुकिङ सुरु गरेको छ ।
सिएफ मोटोको एनके दुई सय ५०, एसआर दुई सय ५०, एनके चार सय ५० तथा जिओको एई६ एलआर (डबल ब्याट्री) र सिटी स्र्पोट मोडलहरू सार्वजनिक गरेसँगै टेस्ट ड्राइभ तथा बुकिङ खुला गरेको छ । सिएफ मोटोको उत्पादनहरूलाई उत्कृष्ट बिक्री वितरण, सहज स्पेयर पाट्र्सको उपलब्धता, सेल्सपछिको सर्भिस र ग्राहकहरूलाई सहज सेवा सुविधा दिने हेतुले रिलायन्स ग्रुप नयाँ आधिकारिक विक्रेताको रूपमा छनोट भएको छ ।
सिएफ मोटो तथा जिहोका उत्पादनहरूको टेस्ट ड्राइभ तथा बुकिङ कम्पनीको नक्साल झ्mम्सीखेल तथा सल्लाघारीस्थित आधिकारिक सोरूममा गर्न सकिने छ । नयाँ आधिकारिक वितरक नियुक्त भएसँगै ऋषि ट्रेड सेन्टरलले सिएफ मोटो तथा जिहो ब्रान्डलाई नेपालकै अग्रणी दुई पाङ्ग्रे बनाउने ध्येयले समय सापेक्षिक योजना तथा उत्पादनहरू सार्वजनिक गर्ने पनि जनाएको छ । जसअन्तर्गत सर्भिस क्याम्प, ग्राहक साक्षात्कार तथा रोड साइड सहायता सेवालगायतका विभिन्न कार्यहरूको सुरुवात पनि गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया