ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला
काठमाडौं । ह्वावेद्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता खुलेको छ । स्नातक तहका विद्यार्थीहरूले सीड्सस्नेप डटकम वेबसाइटमार्फत आफ्नो नाम जुन नौसम्म दर्ता गर्न सक्नेछन् ।
हयात प्लेसमा आयोजित ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ को उद्घाटन कार्यक्रममा दर्ता खुलेको घोषणा गरिएको हो । ‘सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो ह्वावेको चौथो वर्ष हो । यस बृहत् कार्यक्रममार्फत ह्वावेले नेपालमा आईसीटी पारितन्त्र प्रवद्र्धन डिजिटलाइजेसन, नवप्रवर्तन, उद्यमशीलता र दिगोपनको सेसनद्वारा गरेको छ । कार्यक्रमको उदघाटन ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वांगजुनको स्वागत मन्तव्यबाट सुरु भएको थियो । यस वर्ष ह्वावेले सरकार, शिक्षाविद् र उद्योग विज्ञहरू सम्मिलित विविध निर्णायक समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि यहाँ सह–आयोजक र युनेस्को रणनीतिकरूपमा रहेको थिए ।
यो प्रतियोगिताको दुई महिनामा अन्तर्वार्ता, कार्य र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन् । ‘सिड्स फर द फ्युचर नेपाल’को विजेता चीन गई, त्यहाँ तालिम र छेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् । भ्रमणका क्रममा उनीहरूले उद्योग विशेषज्ञहरू द्वारा प्राविधिक नवाचार बारे अत्याधुनिक सेमिनारमा भाग लिनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया