Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्युलेड टीभीमा विश्वकपको छुट्टै मज्जा

क्युलेड टीभीमा विश्वकपको छुट्टै मज्जा


काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० क्रिकेट वल्र्ड कप २०२४ को अवसर पारेर सीजीको क्युलेड टीभीले नयाँ अफर सार्वजनिक गरेको छ ।

आइतबारदेखि सुरु हुने वर्ल्डकपमा नेपाल सन् २०१४ पछि दोस्रोपटक भाग लिँदैछ । सोही अवसरमा क्युलेड टीभीले ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान सुरु गरेको हो । यस रोमाञ्चक अभियानअन्तर्गत ग्राहकहरूले टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा तथा ६५ र ७५ इन्चको टीभीमा सीजीको दुई दशमलव एक स्पिकर प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन–द–स्पट शून्य प्रतिशत ईएमआई, आफ्नो सामानको मूल्याङ्कन आफैँ गरी एक्सचेन्ज लगायतका सुविधा पाउने भएका छन् । यो अभियान नेपालभर सीमित समयको लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x