सूचना प्रविधि नेपालबाट म्यान्मार निर्यात गर्न सम्भावित क्षेत्रबारे छलफल
काठमाडौं । नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यान्मार निर्यात गर्नका लागि सम्भावित क्षेत्र पहिचान गर्न दुई देशका आइटी सेक्टरका सरोकारवालाहरूबीच छलफल भएको छ ।
नेपाली राजदूतावास, याङ्गुनले हालै आयोजना गरेको ‘नेपाल–म्यानमार व्यापार सम्बन्धः सफ्टवेयर व्यवसाय प्रवर्द्धन’ कार्यक्रममा नेपालबाट हाल निर्यात भइरहेको आईटी उद्योगका बारेमा म्यान्मारका उद्योगीहरूलाई जानकारी गराइएको थियो । सो कार्यक्रममा नेपालको सूचना प्रविधि क्षेत्रमा हालमा भएको विकास, नेपाली आईटी कम्पनीहरूले उपलब्ध गराउँदै आएका विभिन्न सेवाहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले नेपालको बैंकिङ र फिनटेक क्षेत्रहरू आन्तरिकरूपमा विकसित तथा पूर्णरूपमा भरपर्दो रहेको उल्लेख गरे । यस्तै, उनले नेपाल सरकारले सूचना प्रविधि र सफ्टवेयर उत्पादनलाई उच्च महत्व दिएको भन्दै हालको निर्यात यूएसडी पाँच सय मिलियनबाट यूएसडी २५ बिलियन पुर्याउने लक्ष्य राखेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया