Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगल्यापटपमा लगाइएको पाँच प्रतिशत अन्तःशुल्क कर फिर्ता लिन माग

ल्यापटपमा लगाइएको पाँच प्रतिशत अन्तःशुल्क कर फिर्ता लिन माग


काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएको अन्तःशुल्क पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ ।

महासंघले बजेटमार्फत ल्यापटपमा लगाएको पाँच प्रतिशत अन्तःशुल्क करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको हो । उक्त करले नेपालमा ल्यापटपको मूल्य अझ बढ्ने भन्दै यसबाट आईसीटीसहित विभिन्न क्षेत्रमा असर गर्ने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । मानव स्वास्थ्यका लागि हानिकारक मानिने नेगेटिभ लिस्टमा रहेको वस्तुमा लगाउने अन्तःशुल्क ल्यापटप र नोटबुकमा लगाइएको उनको भनाइ छ । सूचना प्रविधिको विकासका लागि अपरिहार्य डिभाइसमै यसरी अन्तःशुल्क लगाइनुले गलत सन्देश जाने उनले बताए ।

‘ल्यापटपको मूल्य एक लाख छ भने १३ हजार त भ्याट लाग्छ । अब पाँच प्रतिशत अन्तः शुल्क लाग्ने भएपछि एक हजार १८ रूपैयाँ पुग्छ,’ अध्यक्ष पोदारले भने, ‘यसको मारमा सबैभन्दा बढी उपभोक्ता नै पर्ने देखिन्छ ।’ साथै यसले ल्यापटपको ग्रे मार्केटलाई बढावा दिने भएकाले बजार अव्यवस्थित हुने उनको तर्क छ । ‘सस्तोमा पाइने भएकाले ग्रे मार्केटमा ल्यापटप छ्यासछ्यास्ती पाइन थाल्छन् । यसले गर्दा ग्रे मार्केट अझ फस्टाउँछ,’ उनले भने, ‘सरकारको उक्त कदमले आधिकारिक वितरकहरूलाई पनि दुहरूत्साहित गरेको बुझ्न सकिन्छ । यसकारण सरकारले यो कदमबारे पुनर्विचार गर्न जहरूरी छ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x