Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी एम३५ अब नेपालमा

सामसङको ग्यालेक्सी एम३५ अब नेपालमा


काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी एम३५ ५जी नेपालमा सार्वजनिक गरेको छ । यो फोनमा विभिन्न विशेष सुविधाहरू र धेरै टिक्ने ब्याट्री रहेको जनाइएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एम३५ ५जीमा प्रभावशाली छ हजार एमएएच ब्याट्री रहेको छ । साथै, यो स्मार्टफोनले २५ वाट फास्ट चार्जिङ पनि सपोर्ट गर्ने र फास्ट पावर–अपहरूको लागि निःशुल्क चार्जर समेत पाइने कम्पनीले जनाएको छ । साथै, यो फोन एक्सेनोस १३ सय ८० प्रोसेसरबाट सञ्चालित छ, यसमा आठ जीबीको र्याम रहेको छ भने दुई सय ५६ जीबी इन्टरनल स्टोरेज माइक्रोएसडी स्लटमार्फत विस्तार गर्न सकिन्छ । वान युआई ६.१ सँग नवीनतम एन्ड्रोइड १४ मा चल्ने यो फानेले सहज र प्रभावकारी प्रयोगकर्ता अनुभवको ग्यारेन्टी दिने कम्पनीको दाबी छ । सामसङले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने जनाइएको छ ।

यस्तै, फोनमा ओआईएस, आठ एमपी अल्ट्रा–वाइड क्यामरा र दुई एमपी म्याक्रो क्यामराको साथ ५० एमपी मुख्य क्यामरा छ । भिडियो खिच्न रुचाउनेहरूले ३० एफपीएसमा फोरके रेकर्डिङ र ७२०पीमा दुई सय ४० एफपीएसमा स्लो मोसन क्षमताहरूको मजा लिन सक्नेछन् । यसको १३ एमपी फ्रन्ट–फेसिङ क्यामेराका साथ प्रयोगकर्ताले शानदार सेल्फीहरू र भिडियो कलहरूको आनन्द लिन सक्नेछन् । ग्यालेक्सी एम३५ ५जी गाढा निलो, खैरो र हल्का निलो तीन मनमोहक रंगहरूमा उपलब्ध रहेको छ । यो फोनको मूल्य ४४ हजार नौ सय ९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x