Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअलपत्र श्रमिकलाई तत्काल उद्धार गर्न एनआरएनएको आग्रह

अलपत्र श्रमिकलाई तत्काल उद्धार गर्न एनआरएनएको आग्रह


काठमाडौं, असार ३
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा अलपत्र परेका श्रमिकहरुको तत्काल उद्धारको लागि आग्रह गरेको छ । संघ अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै विदेशमा अलपत्र परेका श्रमिकहरुको तत्काल उद्धारको लागि आग्रह गरेको हो ।

संघले उपप्रधानमन्त्री तथा अध्यक्ष, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादव र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई लेखेको पत्रमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार प्रक्रियालाई थप तीव्रता दिन आग्रह गरिएको छ । संघले विदेशमा अलपत्र परेका व्यक्तिहरुको उद्दारको लागि सरकारको तर्फबाट चाल्नु पर्ने कदमको बारेमा बुँदागत रुपमा सुझाव दिएको छ ।

संघले चार्टर्ड उडान गर्ने व्यवहारिक र सहज व्यवस्था मिलाउन, कामदारहरु पनि विदेश फर्कने बाटो खोल्न, खर्चविहीन भएका विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्धार गर्न, देशमा होल्डिग सेन्टरको प्रबन्ध मिलाउन, सेल्टरमा कुरिरहेका मजदुरहरुलाई नेपाल फर्किने स्वीकृति प्रदान गर्न, सयौंको संख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाह संस्कार गर्नको लागि परिवारलाई हस्तान्तरण गर्न, अलपत्र परेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाटमार्फत सहयोग गर्न ठोस कदम चाल्न आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x