Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहेटौंडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले

हेटौंडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले


हेटौँडा, असार ३
हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १ सय ११ उद्योगमध्ये ८० वटा उद्योग सञ्चालनमा आएका छन् । औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आएपनि पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको कँडेलले बताए । उनका अनुसार सो औद्योगिक क्षेत्रका एसियन पेन्ट, आरएन केमिक्लस, महाशक्ति सोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुटलगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्ध, मैदालगायतका उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा जनशक्ति अभाव, कच्चापदार्थ कमी र ढुवानीलगायतका समस्या रहेको बताइएको छ ।

लकडाउनका कारण ती उद्योग बन्द हुँदा दैनिक ३० करोड रुपैयाँ घाटा हुने गरेको थियो । त्यसैगरी सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाइएको छ । सो उद्योग विगत एक महिनादेखि जनशक्ति अभावले ५० प्रतिशत क्षमतामा चलेको थियो । तर, उद्योगका लागि आवश्यक पर्ने चुनढुङगा र कोइलाको समस्या रहेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए । अन्य समयमा दैनिक ७ सय ५० बोरा सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगमा अहिले उत्पादनमा कमि रहेको बताइएको छ । उद्योगमा विगतमा उत्पादन गरिएका तीन लाख बोरा सिमेन्ट बिक्री वितरणको कार्य भइरहेको छ । सो उद्योगमा ३ सय ४२ जना कर्मचारी र मजदुर रहेको भए पनि हाल ५० जना जनशक्तिबाट उद्योग सञ्चालन भइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x