सामसङ टीभी खरिद गर्दा विशेष अफर
काठमाडौं । सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । फुटबल फ्यानहरूको लागि सामसङले नयाँ टीभीहरूमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ ।
साथै, यस अफरमा चयन गरिएका ठूलो टीभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी अन्य टीभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि उपलब्ध छ । यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिने जनाइएको छ । १८ महिना अवधिको लागि शून्य प्रतिशत ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सकिनेछ । यस विशेष सेवाको लाभ लिन ग्राहकहरूलाई मात्र आफ्नो नागरिकता पेस गरी ईएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ ।
यस्तै, कम्पनीले पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई अर्कोस्टोर डटकममार्फत नयाँ सामसङ टीभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराएको छ । निःशुल्क इन्सल्टेसन सेवा र खरिद गरिएको टीभीमा तीन वर्षको पूर्ण वारेन्टीजस्ता सुविधाहरूले ग्राहकहरूलाई झन्झटरहित उत्कृष्ट टीभी किन्ने अवसर प्रदान गरेको कम्पनीको दाबी छ । यो योजना असार ३१ सम्म लागु रहने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया