नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु
काठमाडौं । नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गरी बिक्री सुरु गरेको छ ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गरेको छ । यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरू सरहकै हुने कम्पनीले दाबी गरेको छ । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युत्को खपत, कुल गृहस्थ उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीका अनुसार प्रथम चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरू भेरिएन्टहरूको उत्पादन पनि बढाउँदै जाने योजना रहेको छ । साथै, यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आई१० निओस र अल न्यू हुन्डाई क्रेटाको उत्पादन पनि सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल हाल बिक्री वितरण सुरु गरेको हुन्डाई भेन्युको मूल्य भेन्यु एफएल एक दशमलव दुई यसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यु एफएल एक दशमलव दुई एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया