Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्लोकल टिन हिरो नेपालको १०औँ संस्करणको लागि आवेदन खुला

ग्लोकल टिन हिरो नेपालको १०औँ संस्करणको लागि आवेदन खुला


काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौँ संस्करणको लागि आवेदन खुलेको छ । ग्लोकल टिन हिरो नेपालले सो आवेदन खुलाएको हो ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरू लगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरीहरूले ग्लोकनटिनहिरो डट कम/नेपालमार्फत निःशुल्क अनलाइन आवेदन भर्न सकिने आयोजकले जनाएको छ । यसमा १३ देखि १९ वर्षका किशोरकिशोरीहरू सहभागी हुन पाउनेछन् । ग्लोकल टिन हिरो नेपालले विगत एक दशकदेखि शैक्षिक क्षेत्रबाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै आएको छ ।

हालसम्म नेपालका नौ जना किशोरकिशोरीहरूलाई ग्लोकल टिन हिरो नेपालका रूपमा सम्मानित भएका छन् । दक्षिण एसियाका अन्य देशहरूमा यसको पहुँच विस्तार गर्ने दृष्टिकोणका साथ, ग्लोकल टिन हिरो भारतमा २०१९ मा, श्रीलंकामा २०२० मा र बंगलादेशमा २०२२ मा सुरु गरिएको थियो । यस वर्ष पूर्वदेखि पश्चिमसम्म ५० भन्दा बढी सहरहरू र एक हजार विद्यालय/कलेजहरूका एक लाखभन्दा बढी किशोर किशोरीहरूसम्म पुग्ने लक्ष्य राखेको जनाइएको छ ।

आयोजकका अनुसार पहिलो चरणमा कुल आवेदनहरूको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०/२० को छनोट गरिनेछ । त्यसपछि उनीहरूको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट छको छनोट हुनेछ । साथै, अन्तिम चरणमा छ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दूरदर्शनको मापनका लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टिन हिरो नेपाल २०२४ को विजेता घोषणा गरिनेछ । हरेक वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२४ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिने जनाएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x