Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’


काठमाडौं । कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोस्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तीकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो ।

हालसम्म सक्षमद्वारा दुई हजारभन्दा बढी महिलाहरूले सशक्तीकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् । कोका–कोला नेपालका निर्देशक चन्द्रिका कालियाले नेपालमा सक्षममार्फत कम्पनीले नयाँ उद्यमीहरूलाई सहयोग गर्ने मात्र नभई देशको आर्थिक र सामाजिक विकासमा पनि योगदान पुर्याउने लक्ष्य राखेको बताइन् । २०२४ मा बृहत् समीक्षाद्वारा छनोट गरेपछि मे ३१, २०२४ मा सुरु गरिएको सक्षम कार्यक्रममा विशेषज्ञहरूद्वारा महिला नेतृत्व, कम्पनी वैधता, वित्त पहुँच र सर्कुलर अर्थतन्त्रजस्ता विभिन्न सत्रहरू सञ्चालन गरिएको थियो । दुई–महिने कार्यक्रममा लैङ्गिक अधिकार, नेतृत्व, जलवायु परिवर्तन, कानुनी प्रक्रिया, मार्केटिङ, र वित्तलगायत विभिन्न विषयका सत्रहरू समावेश थिए ।

उक्त कार्यक्रममा कृषि, हाइड्रोपोनिक्स, मानसिक स्वास्थ्य, सांस्कृतिक सम्पदा प्रवर्द्धन, प्रविधि र अन्य विषयको प्रतिनिधित्व गर्ने ४० भन्दा बढी महिलाहरूले आवेदन दिएका थिए । आवेदक ४० मध्येबाट १० उत्कृष्ट महिलाहरूलाई कार्यक्रममा समावेश गरिएको छ । २०२४ को सक्षम कार्यक्रमका लागि छनौट भएका सहभागीहरूमा अर्चना श्रेष्ठ, इन्दु श्रेष्ठ, लुभिना शाक्य, प्रतिमा बस्याल, रचना पौडेल, रोजी महर्जन, सविना चौधरी, सुस्मिता पौडेल, श्रेया मल्ल र श्रेया चोच्छे रहेका छन् । आफ्ना नवीन विचारहरूलाई प्रभावकारी उद्यममा रूपान्तरण गर्न इच्छुक यी महिलाहरूलाई उक्त कार्यक्रममा विभिन्न स्रोत, साधन तथा विज्ञहरू उपलब्ध गराइने छ ।

सक्षमको कार्यक्रमको मुख्य उद्देश्य महिलाहरूमा उद्यमशीलताको विकास गर्नु रहेको छ । यो कार्यक्रमले नेपाली महिलाहरूले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरूको क्षमता विकास गर्ने काम गरिरहेको छ । २०२३ सम्ममा यो कार्यक्रमले बृहत् सञ्जालको विकास गर्दै दुई हजारभन्दा बढी महिलाहरूको क्षमता विकासमा काम गरेको छ । यस वर्ष सक्षम कार्यक्रमको तेश्रो सशक्तीकरणलाई नेपालभर जारी राख्दै थप एक हजार महिलाहरूलाई कोका–कोलाको सञ्जालमा जोड्ने तयारी भइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x