Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजेके टायरका दुई उत्पादन अब नेपालमा

जेके टायरका दुई उत्पादन अब नेपालमा


काठमाडौं । भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले नेपाली बजारका लागि विशेषरूपमा डिजाइन गरिएको अफ–द–रोड (ओटीआर) क्याटागोरीका दुई नयाँ उत्पादन थप गरेको छ ।

कम्पनीले हार्ड रक च्याम्पियन र जीटीएल प्लसको नयाँ भेरिएन्ट लन्च गरेको हो । जेके टायर इन्डियाका अध्यक्ष अनुज कथुरियाले जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सको एक्सक्लुसिभ माइनिङ एन्ड कन्स्ट्रक्सन प्याभिलियनमा ती टायर सार्वजनिक गरेका हुन् । नेपाली सडकमा दुई नयाँ हेभी ड्युटी ओटीआर टायर उपलब्ध गराउन पाएकोमा खुसी लागेको कथुरियाले बताए । उनले भने, ‘नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र नेपाली ग्राहकको विभिन्न चाहनालाई परिपूर्ति गर्ने कार्यलाई हामीले प्राथमिकतामा राखेका छौँ ।’ यी नयाँ टायरले असाधारण स्थायित्व र विश्वसनीयता प्रदान गर्ने बताए । साथै, विभिन्न भौगोलिक अवस्थाका लागि उपयुक्त हुने किसिमले निर्माण गरिएको जानकारी दिए ।

जेके टायरको हार्ड रक च्याम्पियन नेक्स्ट जेन प्रिमियम माइनिङ टायर हो । यसको साइज १२.००–२० २० पीआर छ । नेपालको माइनिङ अपरेसनलाई ध्यानमा राखेर उत्पादन गरिएका यी टायर टिपरहरूमा प्रयोग गर्न सकिन्छ । यसमा भएका नन–डिरेक्सनल ट्रेड प्याटर्न र ड्युअल बेन्ड ग्रुभले स्ट्रेस कन्सन्ट्रेसन घटाउँछ र मेसिनलाई सुपेरियर परफर्मेन्स दिन्छ । त्यसैगरी जीटीएल प्सलको साइज १७ दशमलव ५–२५ २० पीआर छ र यसलाई ग्रेडर र लोडरमा प्रयोग गर्न सकिन्छ । जस्तोसुकै लोडमा पनि सहज तरिकाले प्रयोग गर्न सकिने गरी यसमा नाइलन प्रयोग गरिएको हुन्छ । विभिन्न निर्माण क्षेत्रमा यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x