Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयूभी नेपालमा सार्वजनिक गर्ने तयारी

अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयूभी नेपालमा सार्वजनिक गर्ने तयारी


काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले सेरेस ३ को अपग्रेडेड भर्सन यसै साता सार्वजनिक गर्ने भएको छ । बलियो बिल्ड क्वालिटी, एस्थेटिक्स, प्रभावशाली रेन्ज, ग्राउन्ड क्लेरेन्स र स्लिक डिजाइजनका कारण नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको सेरेस ३ को अपग्रेडेड भर्सन बुधबार सार्वजनिक हुन लागेको हो ।

सेरेस ३ को पहिलो भर्सन गत वर्षको नाडा अटो सोमा सार्वजनिक भएको थियो । अहिले नेपाली सडकमा तीन सयभन्दा बढी सेरेस ३ गुडिरहेका छन् । यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार छ सय ६० मिटर उचाइमा रहेको कोरला पस पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी बनेको थियो । यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भू–बनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि हुने कम्पनीले जनाएको छ । नयाँ सेरेस ३ कम्फोर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । आफ्नो विश्व उपस्थितिलाई बलियो बनाउँदै सेरेस ३ भर्खरै बेलायत, दुबई, पाकिस्तान र फिलिपिन्समा पनि सार्वजनिक गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x