Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा युपीआईको प्रयोग बढ्दै

नेपालमा युपीआईको प्रयोग बढ्दै


काठमाडौं । नेपालमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) को प्रयोग बढ्दै गएको पाइएको छ । फोनपेले भारतीय यात्रुहरूद्वारा नेपालमा युपीआईको प्रयोग गर्ने गरेको जनाएको छ । नेपालमा २०२४ फेब्रुअरी २८ मा सुरु भएदेखि युपीआईको प्रयोगबाट २५ करोड रुपैयाँभन्दा बढी रकमको कारोबार भएको फोनपेले जानकारी दिएको छ । ७७ वटै जिल्लामा एक लाखभन्दा बढी कारोबार भएका छन् । ‘यो वृद्धि त्यही समयमा भएको हो जब धेरै भारतीय पर्यटकहरू नेपाल भ्रमणको योजना बनाइरहेका छन्’ कम्पनीले उल्लेख गरेको छ, ‘यस वर्ष उच्च संख्यामा भारतीय पर्यटकहरू नेपाल आउने अपेक्षा गरिएको छ ।’

धेरै भारतीय यात्रुहरूले नेपाललाई सुन्दर दृश्य, समृद्ध सांस्कृतिक सम्पदा, र बढ्दो साहसिक पर्यटनको लागि रोज्ने गरेका छन् । युपीआई भुक्तानीले मुद्रा साट्ने वा नगद बोक्ने आवश्यकता हटाएको छ, त्यसैले यात्रा सहज पनि भएको छ । फोनपे नेटवर्कमार्फत युपीआई भुक्तानीको सजिलो, सुरक्षा र तत्काल सेवाले भारतीय पर्यटकहरूको कारोबारमा वृद्धि ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले नेपाल भ्रमणलाई अझ सुविधाजनक र रमाइलो पनि बनाएको छ । यो सहज भुक्तानी समाधानले नेपाललाई भारतीय यात्रुहरूका लागि विगतको भन्दा अझै बढी रुचाइएको गन्तव्य बनाएको कम्पनीको भनाइ छ ।

बलियो बैंक तथा वित्तीय संस्था (बीएफआई) नेटवर्कसहित फोनपेले, नेपालमा युपीआई भुक्तानीको सुविधा दिने क्षेत्रमा अग्रस्थान लिएको छ । अहिले, नेपालको ८० प्रतिशत क्युआर कोड प्रणालीले फोनपेमार्फत युपीआई भुक्तानी लिन सक्छ । फोनपेले सञ्चालन गरेको क्युआर र भुक्तानी प्रणालीले नेपालका सबै ७७ जिल्लामा युपीआई भुक्तानी स्वीकार गर्न सक्षम बनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x