Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली वस्तुहरूलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न आग्रह

नेपाली वस्तुहरूलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपाली वस्तुहरूलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न बेलायती राजदूतसँग आग्रह गरेका छन् । परिसंघ र नेपालका लागि बेलायती राजदूत रब फेनबीच भएको द्विपक्षीय व्यवसाय तथा आर्थिक सम्बन्ध विस्तारसम्बन्धी छलफलमा उनले बेलायतसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्दै सो आग्रह गरेका हुन् ।

छलफलमा अध्यक्ष अग्रवालले नेपालको पूर्वाधार, विद्युत् तथा नवीकरणीय ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गरे । यस्तै, उनले बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिए । यस्तै, बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’लगायत नयाँ कार्यक्रमहरू सुरु गरेकोमा उनले धन्यवाद समेत दिए । यसबाट नेपालले महत्वपूर्ण उपलब्धि हासिल गर्ने उनले बताए । परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको भन्दै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको बताए ।

सो छलफलमा नेपालका लागि बेलायती राजदूत फेनले नेपालमा आर्थिक गतिविधिहरू सञ्चालन गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र दुई देशबीचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न बिजुली उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । साथै, नेपाल इन बिजनेसजस्ता पहलहरूमार्फत नेपालसँगको आर्थिक साझेदारीलाई बलियो बनाउन बेलायत प्रतिबद्ध रहेको बताए । छलफलमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत सहभागी थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x