Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफिल्ली क्याफे: अन्तर्राष्ट्रिय स्वादको चिया अनुभव अब नेपालमा

फिल्ली क्याफे: अन्तर्राष्ट्रिय स्वादको चिया अनुभव अब नेपालमा


काठमाडौं । एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिले दुबईको प्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्र्याएको छ । सो कम्पनीले राजधानीको लाजिम्पाट, ठमेल, बौद्ध तथा लबिम मल, पुल्चोकमा गरी आफ्नो चार आउटलेटहरू विस्तार गरेको छ ।

चाँडै नै पर्यटकीय नगरी पोखरामा समेत शाखा विस्तारसहित आगामी पाँच वर्षमा नेपालभर २५ भन्दा बढी शाखा सञ्चालनमा ल्याउने योजना रहेको फिल्ली क्याफे नेपालका सञ्चालक नवीन खड्काले जानकारी दिए । स्वदेशमै हस्पिट्यालिटी बिजनेसमा रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वदेशमै स्वावलम्बन हुन अभिप्रेरित गर्ने उद्देश्यसहित दक्ष जनशक्ति र सिप अभिमुखीकरणका लागि फिल्लीका आउटलेटहरूले अवसर प्रदान गर्ने कम्पनीको लक्ष्य छ । यसबाहेक आफ्नै बेकरी उत्पादन, सेन्ट्रल किचेन र बारिस्टा कोर्सहरूको पनि तयारी गरिरहेको कम्पनीका सञ्चालक धु्रब रिजालले बताए । साथै, फिल्ली क्याफेले विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि समावेश गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x