Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिक्षालाई उद्यमशीलता र रोजगारसँग जोडने थ्री ई कार्यक्रम

शिक्षालाई उद्यमशीलता र रोजगारसँग जोडने थ्री ई कार्यक्रम


काठमाडौं । मनास्लु स्कुलले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले ‘थ्रीई कार्यक्रम’को सुरूवात गरेको छ । विद्यालयले हालै एक विशेष कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा एसईई दिएर बसेका सात सय जनाभन्दा बढी विद्यार्थीहरू सहभागी थिए । मनास्लु स्कुलका कार्यकारी निर्देशक जेबी दवाडीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष हरिप्रसाद भट्टले परम्परागत ढंगले पानसमा बत्ति बालेर तथा डिजिटल माध्यमबाट समुद्घाटन गरेका थिए । नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापाले ‘भविष्यका योग्य युवाहरू तयार गर्न शिक्षामा उद्यमशीलता र रोजगार शीर्षकमा प्रस्तुति दिएका थिए । कार्यक्रमको मुख्य आकर्षण उद्योगका प्रमुख नेताहरूको प्यानल छलफल थियो । छलफलमा विनय खड्का (सीईओ, खल्ती डिजिटल वालेट), इस्मारन दुवाडी (सह–संस्थापक र सीईओ, कोडहिमालय), केदार चौलागाईं (सीईओ, नेपमेड्स) र विवेक प्रकाश (सह–संस्थापक र सीईओ, कोडिंगल, भारत) जस्ता विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।

मनास्लु स्कुलका सीईओ नरेशप्रसाद श्रेष्ठले यस कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यावहारिक सीपहरू विकास गर्न विविध अवसरहरू प्रदान गर्ने बताए । यस पहलले विद्यार्थीहरूलाई रोजगारयोग्य मात्र नभई रोजगार सिर्जना गर्न सक्षम बनाउन लक्ष्य राखेको उनको भनाइ थियो । कार्यक्रममा युवा स्टार्ट–अपहरू र आईसीटी पहलहरूको प्रदर्शनी पनि समावेश थियो । मनास्लु स्कुलको थ्रीई कार्यक्रमले माध्यमिक शिक्षालाई पुनः परिभाषित गर्दै, विद्यार्थीहरूलाई उच्च शिक्षा र रोजगारी बजारका लागि आवश्यक सीपहरू प्रदान गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x