Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलिट्मस इन्डस्ट्रिज र इक्विटी डाइभर्सिफाइड फन्डबीच साझेदारी

लिट्मस इन्डस्ट्रिज र इक्विटी डाइभर्सिफाइड फन्डबीच साझेदारी


काठमाडौं । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फन्डबीच लगानीमा सहकार्य गर्ने रणनीतिक साझेदारी भएको छ ।

परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोशेढुङ्गा साबित हुनेछ । अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउनेछ । यसका साथै, उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउनेछ । लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले यो साझेदारीले आफूहरूको सञ्चालन विस्तार गर्न, द्रूत गतिमा अत्याधुनिकीकरण गर्न र ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न सहयोग गर्ने बताए ।

‘हामीले लिट्मस इन्डस्ट्रिजमा गरेको यो लगानी, आफू संलग्न उद्योगको नेतृत्व गर्न सक्ने र यथास्थितलाई बदल्दै नवप्रवर्तनमार्फत बजारको मागलाई सम्बोधन गर्न सक्ने, उच्च सम्भावना बोकेका अग्रणी कम्पनीहरूलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धताको एउटा ज्वलन्त उदाहरण हो’, इक्विटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र अवसर इक्विटी डाइभर्सिफाइड फन्डका लागि कोष प्रबन्धक ध्रुव तिमिल्सिनाले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x