Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसोकोन ईसी थर्टी सिक्स भ्यान नेपाली बजारमा

सोकोन ईसी थर्टी सिक्स भ्यान नेपाली बजारमा


काठमाडौं । एमएडब्लु वृद्धिले सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यान नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले हालै राजधानीमा भव्य कार्यक्रमको आयोजना गरी सो भ्यानको अनावरण गरेको हो ।

कार्यक्रममा एमएडब्लु वृद्धि कमर्सियल भेहिकलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता र कलाकार राजेश हमालले संयुक्तरूपमा सोकोन ईसी थी सिक्सका पहिलो ४१ जना ग्राहकहरूलाई चाबी हस्तान्तरण समेत गरेका थिए । सोकोन ईसी थर्टी थ्री भ्यानको मूल्य नेपालमा ४५ लाख ५० हजार रुपैयाँ काय गरिएको छ । ईसी थर्टी सिक्स एक ११ सिटे ईभी यात्र भ्यान हो, यसले तीन सय किलोमिटरको रेन्ज प्रदान गर्छ । यसको शक्तिशाली ६० किलोवाटको इलेक्ट्रिक मोटर दुई सय एनएम टर्क उत्पन्न गर्न सक्षम छ भने यसको अधिकतम रोडेबिलिटी ४० प्रतिशत रहेको छ । यसमा जडान गरिएको ४२ के डब्लुएच सीए टी एल ब्याट्रीले एक दशमलव तीन घण्टामा २० देखि ८० प्रतिशत र दुई दशमलव पाँच घण्टामा ० देखि एक सय प्रतिशतसम्म छिटो चार्ज गर्ने क्षमता राख्छ ।

यसका साथै भ्यानमा एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेराजस्ता सुरक्षाका सुविधाहरू पनि रहेका छन् । यसमा सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिङ प्रणालीको सुविधा पनि उपलब्ध छ । भ्यानमा प्रयोग गर्न अतिसजिलो टचस्क्रिन मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । एमएडब्लु ग्रुप अफ कम्पनिजका अध्यक्ष विष्णुकुमार अग्रवालले एमएडब्लुले गुणस्तरीय अटोमोबाइल मात्र नभई सर्भिस र स्पेयर पार्ट्सलाई पनि प्राथमिकता दिएको बताए । सन् १९८६ मा स्थापित सोकोन दक्षिणपश्चिम चीनको सबैभन्दा ठूलो निजी अटो कम्पनी हो । सोकोनले नवप्रवद्धर्न र उत्कृष्टताप्रतिको आफ्नो प्रतिबद्धतालाई प्रदर्शन गर्न संयुक्त राज्य अमेरिका, जापान, जर्मनी र चीनमा आर एन्ड डी केन्द्रहरू समेत स्थापना गरेको छ ।

हालसम्म कम्पनीले ३५ लाख सवारी साधनहरू विश्वव्यापीरूपमा डेलिभर गरिसकेको छ भने सात लाख युनिटहरूको प्रभावशाली वार्षिक उत्पादन क्षमताको साथ सोकोनले अटोमोटिभ उद्योगमा नयाँ मानकहरू निर्माण गरेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x