Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्ड्राइभको नेपालमा कुरियर सेवा

इन्ड्राइभको नेपालमा कुरियर सेवा


काठमाडौं  । राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभले नेपालमा कुरियर सेवा सञ्चालनमा ल्याएको छ । इन्ड्राइभ (एपीएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्नका लागि सुविधाहरू विस्तार गरेको जानकारी दिइन् ।

कम्पनीका सेवाहरूलाई अझ राम्रो बनाउन आवश्यकताअनुसार थप सुविधाहरू अझै ल्याउने उनको भनाइ छ । उनका अनुसार इन्ड्राइभको डेलिभरी सेवाले बुकिङको दिनमा २० किलो वा सोभन्दा कम तौलका पार्सलहरूको अन्तिम माइल डेलिभरीमा मद्दत गर्नेछ । इन्ड्राइभ डेलिभरीमार्फत नेपालका साना व्यवसाय र व्यक्तिहरूले सामना गर्ने लजिस्टिक चुनौतीहरूको समस्यालाई समाधान गर्ने उनले बताए ।

यस्तै, उनले इन्ड्राइभलाई नेपालका यात्रुहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइन् । कम्पनीले आफ्नो सेवामा सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा दुई सय प्रतिशतको वृद्धि गरेको थियो । यस्तै, सन् २०२४ को पहिलो ६ महिनामा इन्ड्राइभले सवारीहरूमा ४६ प्रतिशत वृद्धि रेकर्ड गरेको छ ।

नयाँ सुरक्षा सुविधाहरूमा लगनशीलताका साथ काम गर्दा इन्ड्राइभले यात्रु र चालक दुवै सिटहरूबाट सुरक्षालाई प्राथमिकता दिने जनाइएको छ । इन्ड्राइभसँग विभिन्न प्रविधिहरू रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x