Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको अल न्यु–पक्का अल–राउनन्डर रेड्मी १३ सार्वजनिक

शाओमीको अल न्यु–पक्का अल–राउनन्डर रेड्मी १३ सार्वजनिक


काठमाडौं  । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, एक सय आठ मेगापिक्सेल क्यामारा र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ ।

कम्पनीका अनुसार रेड्मी १३ को मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर र एड्भान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्ने कम्पनीले जनाएको छ । १२ एनएमको चिपमा बनेको यो अक्टाकोर सीपीयुमा कोर्टेक्स ए ५५ कोर र हाइ पर्फर्मेन्स कोर्टेक्स ए ७५ कोर भएको हुनाले २.०० गिगाहर्जसम्मको अधिकतम फ्रिक्वेन्सी दिन्छ ।

इन्टिग्रेटेड माली जी ५२ एमसी २ जीपीयुले गेमिङ र मल्टिमिडिया एपको प्रयोगलाई सहज प्रदर्शन प्रदान गर्नेछ । रेड्मी १३ को छ दशमलव ७९ इन्चको फुल एचडी प्लस डट डिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ ।

छ जीबी र्याम एक सय २८ जीबी स्टोरेज र आठ जीबी र्याम दुई ५६ जीबी स्टोरेजसहित विकल्पमा रेड्मी १३ उपलब्ध हुनेछ । यसबाहेक माइक्रोएसडी कार्डमार्फत एक टीबीसम्म स्टोरेज बढाउन सकिन्छ ।

१६८ दशमलव एमएमको हाइट, ७६ दशमलव २८ एमएम विड्थ र आठ दशमलव तीन एमएम मोटाइको साथ रेड्मी १३ को तौल मात्र दुई सय पाँच ग्राम छ । यस्तै, रेड्मी १३ को रियर क्यामेरामा स्यामसङ सुपर–क्लियर आइएसओ सेल एचएम छ सहितको १०८ मेगापिक्सेलको क्यामारा समावेश रहेको छ ।

यस मुख्य क्यामेरामा ६ पी लेन्स र एक दशमलव ७५ को एपेरेचर रहन्छ भने दुई दशमलव चार एपेरेचरको २ मेगापिक्सेलको म्याक्रो क्यामारा पनि यस स्मार्टफोनमा उपलब्ध हुन्छ । यो कम्बीनेसनको सहायताले प्रयोगकर्ताहरूले जस्तोसुकै लाइटिङमा पनि क्लोज–अप फोटोहरू लिन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x