Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल भित्रियो नयाँ सेरेस ३

नेपाल भित्रियो नयाँ सेरेस ३


काठमाडौं  । नेपालका लागि सेरेस ईभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले अत्याधुनिक फिचर र क्षमताको समीश्रण भएको इलेक्ट्रिक एसयुभी नयाँ सेरेस ३ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार इलेक्ट्रिक एसयुभीको असीमित क्षमता दर्शाउन ‘लिमिटेडलेसनेस’ अर्थात् ‘असीमितता’ ट्यागलाइन प्रयोग गरिएको यो एसयुभी सहरका चिल्ला सडकमा मात्र होइन असहज ग्रामीण भूगोलका लागि पनि उपयुक्त हुनेछ । नयाँ सेरेस ३ लाई सेरेसका उपाध्यक्ष जो झोउ र एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालको उपस्थितिमा काठमाडौंमा आयोजित भव्य कार्यक्रममा सार्वजनिक गरिएको हो । नयाँ सेरेस ३ अनावरणको मुख्य आकर्षण स्प्लिट स्क्रिन एलइडी डिस्प्लेबाट नाटकीयरूपमा बाहिर निस्कनु थियो । यो प्रस्तुतिले दर्शकलाई मोहित बनाउनुका साथै यो इलेक्ट्रिक एसयुभीको ट्यागलाइन लिमिटेडले सनेसलाई पनि समेटेको छ ।

एक्सटेरियरलाई व्यापक रिडिजाइन गरिएको सेरेस ३ को अगाडिको बम्परमा परम्परागत लोगोलाई प्रतिस्थापन गरी आधुनिक लुक दिने उद्देश्यले पातलो तर स्पष्ट सेरेस लेखिएको छ । यसको भर्टिकल डेटाइम रनिंग लाइटले कारको सौन्दर्यलाई अझ बढाएको छ । यसको स्टेरिङमा नयाँ सेरेस लेखिएको छ, जसले सेरेस ३ को इन्टेरियरलाई राम्रो बनाएको छ । क्याबिनमा प्रयोग भएको लक्जरियस डबल कुशन सिट, पर्याप्त लेग रुम र १० दशमलव २५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमले यात्रालाई अझ बढी शानदार र विलासिता दिनेछ । पर्फमेन्स र सुविधिमा पनि सेरेस ३ निकै अगाडि छ । यसमा कम्फर्ट, स्पोर्ट र इको ड्राइभ मोडहरू छन् । यसको मद्दतले चालकले आफ्नो ड्राइभिङ मोडअनुसार गाडी चलाउन सक्नेछन् ।

एड्भान्स्ड एडास फिचर, अफलाइन जीपीएस नेभिगेसन र युरोपेली मापदण्डको सेग्मेन्ट फर्स्ट ड्यास क्यामले सजिएको सेरेस ३ मा प्रविधि र सुरक्षाको उत्तम समिश्रण रहेको छ ।

यसमा ६ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट छ । साथै, यसमा फराकिलो सनरुफ र ६ वटा एअरब्याग रहेको छ । अटो होल्ड, ईबीडी, टीपीएमएस र ईएसपीसहित यसमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ । सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य नेपालमा क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । पर्फमेन्स, लक्जरी र प्रयाक्टिकेलिटीको अतुलनीय संयोजनले नेपाली ग्राहकलाई आकर्षित गर्ने विश्वास एमएडब्लु वृद्धिले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x