Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेईको इलेक्ट्रिक मोडल एक्स–३ प्रोको बुकिङ खुला

केईको इलेक्ट्रिक मोडल एक्स–३ प्रोको बुकिङ खुला


काठमाडौं । केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इ–मोबिलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रिक एसयुभी एक्स–३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाडौंको भाटभटेनीमा सुविधा सम्पन्न शोरुम निर्माण गरेर शोरुम संचालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो ।

कम्पनीका अनुसार सुरुमा एक्स–थ्री प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरिएको छ । अहिले केर्ई एक्स–३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध हुनेछ । इन्टोडक्टरी प्राइसको हिसाबले डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहनेछ । कटिङ एज टेक्नोलोजी, स्लिक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स–३ प्रो मोडल कम्प्याक्ट एसयुभी सेग्मेन्टमा शान्दार मोडल बन्ने कम्पनीले विश्वास लिएको छ । यसमा ५३ दशमलव छ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र एक सय २० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क दुई सय ८० एनएम छ । सीएलटीसीका अनुसार यसले सिंगल चार्जमा चार सय एक किलोमिटर रेन्ज दिनेछ । यसलाई सात किलोवाट क्षमताको एसी चार्जरले आठ घण्टामा फुल चार्ज गर्न सकिन्छ । साथै, एक सय किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स–३ प्रो मोडलको लम्बाई ४४ सय मिलिमिटर, चौडाइ १८ सय ३१ मिलिमिटर र उचाइ १६ सय ५३ मिलिमिटर रहेको छ । पाँच सिट क्षमताको एसयूभीमा २६ सय ३२ एमएम लामो ह्विलवेस रहनेछ । यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ । पछाडि भने मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । यसमा एक सय ८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ । वातावरणमैत्री इलेक्ट्रिक एसयूभीको पर्फमेन्ससँगै स्लिक डिजाइन र मोर्डन फिचरहरू रहेका छन् । केई एक्स–३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरू एलइडी छन् । १० दशमलव २५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, सात इन्चको एलसीडी इन्फर्मेसन क्लस्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ ।

चालकलाई पृथक ड्राइभिङ अनुभव प्रदान गर्न सक्ने किसिमले डिजाइन गरिएको एक्स–३ प्रो सुरक्षाको हिसाबले पनि उत्कृष्ट छ । एयरब्याग, तीन सय ६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर यसमा छन् । एडासभित्र विशेष गरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, ईबीडीसहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन् । यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ । सुरक्षाको हिसाबले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमका मोटरलगायत इलेक्ट्रिकल कम्पोनेन्टमा आठ वर्षको वारेन्टी रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x