Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्लाउड फ्याक्ट्री नेपालद्वारा डिजिटल सशक्तीकरण अभियानको सुरुवात

क्लाउड फ्याक्ट्री नेपालद्वारा डिजिटल सशक्तीकरण अभियानको सुरुवात


काठमाडौं । क्लाउड फ्याक्ट्री नेपालले स्किल ल्याब एसियासँगको साझेदारीमा ‘क्लाउड फ्याक्ट्री नेपाल डिजिटल सशक्तीकरण अभियान’ सुरुवातको घोषणा गरेको छ ।

यस अभियानले विशेषगरी नेपालका सीमान्तकृत समुदायका युवाहरूमा केन्द्रित रही रोजगारीका सम्भावनाहरू सुधार गर्न डिजिटल सीप तालिम प्रदान गर्ने लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागीहरूले आवश्यक डिजिटल साक्षरता तालिम प्राप्त गर्नेछन् । तालिम सम्पन्न भएपश्चात् सहभागीहरूलाई रोजगारीका अवसरहरू प्रदान गरिने जनाइएको छ । कार्यक्रमको प्रभावकारिता बढाउन र सहभागीहरूलाई उच्च–गुणस्तरीय सीप प्रदान गर्न क्लाउड फ्याक्ट्री नेपालले स्किल ल्याब एसियासँग सहकार्य गरेको हो ।

स्किल ल्याब एसियाले शैक्षिक र करियर यात्राको विभिन्नस्तरहरूमा क्यारियर मार्गदर्शन, सीप र अपस्किलिङमा पहुँच लागि आफ्ना विद्यार्थी÷कर्मचारीहरूलाई सहयोग गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x