Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको र्यापिड रेस्पोन्स टिम सक्रिय

एनसेलको र्यापिड रेस्पोन्स टिम सक्रिय


काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्यापिड रेस्पोन्स टोली (आरआरटी)हरूले काम थालेका छन् ।

मनसुनजन्य प्रकोपहरूका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धताबमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ । यी टोलीहरूले तदारुकताका साथ काम गर्ने जनाइएको छ । सोही टोलीका कारण हावाहुरी र भारी वर्षाको असरका बाबजुत असार १२ गते कोशी, मधेश र गण्डकी प्रदेशका १५ भन्दा बढी जिल्लाका एक सय १६ मोबाइल टावर सञ्चालनमा असर गरे पनि चार घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशतभन्दा बढी टावरहरूलाई पुनः सञ्चालनमा ल्याइएको थियो । हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरू र नेपाल विद्युत् प्राधिकरणको खम्बा डलेर विद्युत् आपूर्तिमा असर परेको अवस्था थियो ।

आरआरटीहरूलाई विशेषरूपमा आपतकालीन अवस्थाहरू सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रूत गतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्य अनुरूप यी आरआरटीहरू गठन गरिएका हुन् । यसैगरी एनसेलले विपद् पूर्वतयारीस्वरूप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा चारदेखि छ घण्टाभित्र सेवा सुचारु गर्न एनसेलले प्रतिबद्धता जनाएको छ । विपद्को समयमा विद्युत् आपूर्ति अवरुद्ध हुने कुरालाई मध्ये नजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युत्को आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले चार देखि छ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्छ ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्विल पनि तयार गरेको छ । त्यसैगरी धेरै सेवाग्राही भएका ठाउँहरू र बाढीले असर गर्न सक्ने ठाउँहरूलाई लक्षित गरी एनसेलले आवश्यक तयारीहरू गरेको जनाएको छ । यस्तै, जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्वजानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मावन जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्याउँदै एक करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्वसूचना लिन पनि सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x