यामाहाको शून्य प्रतिशत फाइनान्स स्किम
काठमाडौं, असार ७
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले सामाजिक दूरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ । ‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा ग्राहकमाथि आर्थिक भारलाई समेत कम गर्ने अपेक्षा गरिएको छ ।
यो स्किमअन्तर्गत ग्राहकले तीन वर्ष अवधिका लागि शून्य प्रतिशत डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा यामाहाका दुईपांग्रे खरिद गर्न सक्नेछन् । यसका अलावा यामाहाले आफ्नो सबै उत्पादनहरुमा १० हजार रुपैयाँ नगद छुट पनि व्यवस्था गरेको छ । ‘यो दुर्भाग्यको कुरा हो कि कोभिड १९ ले देशको अर्थतन्त्र आक्रान्त छ ।
आफ्नो दैनिकी सहज र सुरक्षित बनाउँदा नागरिकमाथि समेत अतिरिक्त आर्थिक भार परिरहेको छ । अहिले सामाजिक दूरी र स्वास्थ्य सुरक्षा सबैभन्दा बढी प्राथमिकतामा परेको छ । यो आवश्यकतालाई ध्यानमा राखेर हामीले यो नयाँ स्किम ल्याएका हौं,’ यामाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलले भने । साथै, यामाहाले डिजिटल प्ल्याटफर्मको माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङको सुरुवात समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया