१० हजार मासिक किस्तामा गाडी चढ्ने फक्सवागनको अफर
काठमाडौं, असार ७
पूजा इन्टरनेशनल नेपाल प्रालिले फक्सवागन खरिद गर्ने इच्छुक ग्राहकहरुलाई आउदो एक वर्षसम्मको लागि कम किस्ता तिरे पुग्ने अफर लिएर आएको छ । कोरोना कोभिड १९ द्वारा सिर्जित वातावरणमा धरै व्यक्तिहरुको सुरक्षित सार्वजनिक सवारीसाधनहरुको अभावमा मोटरसाइकल वा गाडी किनुपर्ने बाध्यता भएको परिप्रेक्ष्यमा सर्वसाधारणसम्म फक्सवागन पोलो गाडीको पहुँच होस् भन्ने अभिप्रायले यो योजना लागू गरिएको कम्पनीले जनाएको छ ।
यस अफरअन्तर्गत आउँदो १ वर्षसम्म मासिक १० हजार रुपैयाँ किस्ता तिरे मात्र पुग्नेछ । तत्पश्चात् ग्राहकहरुले नियमित किस्ता तिर्नुपर्ने कम्पनीको भनाइ छ । पूजा इन्टरनेशनल नेपाल प्रालिको बजार प्रबन्धक विराज श्रेष्ठका अनुसार कोरोना कोभिड १९ को संक्रमण एक वर्षभित्र अन्त्य भई ग्राहकहरुको क्रयशक्ति पुरानो स्वरुपमा आउनेछ भन्ने आशाका साथ यो योजना लागू गरिएको हो । साथै योजनाअन्तर्गत अफर गरिएको प्रिमियम ह्याचब्याग गाडी पोलोमा सुरक्षाका विभिन्न व्यवस्था एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयरब्याग, गाल्भनाइज्ड बडी, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टरसहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश गरिएको छ ।
लगातार तीन वर्षसम्म विश्वमा सर्वाधिक गाडीहरु बिक्री गर्न सफल फक्सवागनको विश्वस्तरीय गाडी उत्पादन गर्ने कम्पनी हो । खरिद गर्नुअगाडि, टेस्ट डाइभ गर्दा संरक्षित वातावरणमा गरिने कुरामा पूजा इन्टरनेशनल नेपाल प्रालि बताएको छ । यस योजनाअन्तर्गत फ्रि एक्ससोरिज, सुलभ फाइनान्सिङ सुविधा, प्रथम वर्षको सडक शुल्क, दुई वर्षसम्मको किमि बन्देज नभएको वारेन्टी, वर्षसम्मको निःशुल्क सर्भिस र डेलिभरीको लागि कुर्नु नपर्नेलगायत अन्य सुविधाहरु पनि रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया