Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाइली

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाइली


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९ औँ, १० औँ र ११ औँ वार्षिक साधारणसभा तथा चौथो महाधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

शनिबार भएको निर्वाचनमा कुल चार सय ४६ मतदाता थिए । त्यसमध्ये चार सय ३५ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष रसाइलीले दुई सय ५० मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासी विपिन रामुदामुले एक सय ८४ मत प्राप्त गरे । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बुद्धि दियाली, तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभाई बज्राचार्य निर्वाचित भएका छन् । यस्तै, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मशुन्दर शाक्य निर्वाचित भए ।

यस्तै, प्रत्येक प्रदेशबाट दुई जनाका दरले निर्वाचित हुने सदस्यमा कोशीबाट राजकुमार गुप्ता र जयप्रकाश गजमेर, मधेशबाट विकास कुमार सारडा र मनोज कुमार सर्राफ, वागमतीबाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीबाट हिमबहादुर विश्वकर्मा र विनोदकुमार विक, लुम्बिनीबाट भीमसिंह विके र सञ्जय सोनी, कर्णालीबाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदूरपश्चिमबाट गणेशबहादुर सुनार र रमेश बहादुर सुनार निर्वाचित भएका छन् । यस्तै, नगर संघबाट बिमकुमार बेगवानी, टिकाराम लामगादे र दिनेश साह सोनार निर्वाचित भए ।

खुला सदस्यतर्फ जीवनज्योति विश्वकर्मा, राजेन्द्र सुनार, चेत नारायण विश्वकर्मा, राजभाइ बज्राचार्य, नरेन्द्र विश्वकर्मा, मनकाजी विश्वकर्मा, लोमकहादुर सुनार, हेमराज शाक्य र ताराबहादुर सुनार निर्वाचित भएका छन् । महिलातर्फबाट सीता विश्वकर्मा र रितु विश्वकर्मा, वस्तुगतबाट चित्रबहादुर महाल र एसोसिएट्सबाट सुजित शाक्य निर्वाचित भए । महासंघको बाँकी सदस्यहरू तथा विशिष्ट सदस्य अध्यक्ष तथा कार्य समतिले चयन गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x