Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको नार्जो ७० प्रो र रियलमी १२ एक्स फाइभ जी चाँडै नेपालमा

रियलमीको नार्जो ७० प्रो र रियलमी १२ एक्स फाइभ जी चाँडै नेपालमा


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।

कम्पनीका अनुसार रियलमी १२ एक्स फाइभ जीमा एक सय २० हर्जको अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले छ, यसले दुई हजार निट्ससम्मको पिक ब्राइटनेस प्रदान गर्छ । त्यस्तै, रियलमी नार्जो ७० प्रो फाइभजीमा पनि दुई हजार निट्सको पीक ब्राइटनेस र एक सय २० हर्जको अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले छ । दुवै स्मार्टफोनहरूमा पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री छ ।

नार्जो ७० प्रो फाइभजी: नार्जो ७० प्रो फाइभजीको फ्ल्यागसिप सोनी आइएमएक्स आठ सय ९० ओआइएस् क्यामरा र मास्टर सट एल्गोरिदमले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न पाउनेछन् । यसमा दुई हजार निट्सको पिक ब्राइटनेस र एक सय २० हजर्को अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले रहेको छ । जसले उत्कृष्ट भिजुअल क्ल्यारिटी प्रदान गर्छ । त्यस्तै, यसमा भएको डाइमेन्सिटी ७०५० फाइभ जी चिपसेटले फोनको हरेक फङ्क्सनहरू हाई पर्फर्मेन्स र स्मुथ हुन्छन् । पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथ आउन लागेको नार्जो ७० प्रो फाइभ जी पावर र पर्फर्मेन्सको सम्मीश्रण हो ।

रियलमी १२ एक्स फाइभजी: रियलमी १२ एक्स फाइभजीमा रहेको एड्भान्स्ड ६ एन्एम् डाइमेन्सिटी ६१ सय प्लस फाइभजी चिपसेटले दमदार प्रदर्शन र प्रभावकारिता प्रदान गर्ने कम्पनीले जनाएको छ । नौ सय ५० निट्सको पिक ब्राइटनेस र एक सय २० हर्जको एफ्एच्डी प्लस डिस्प्ले भएको यो रियलमी १२ एक्स फाइभजीले चुस्त र जीवन्त भ्युइङ एक्स्पिरियन्स प्रदान गर्छ । रियलमी १२ एक्स फाइभ जीको ५० एमपी कलर एआई क्यामराले मिहीनताका साथ उत्कृष्ट फोटो लिन सक्छ । त्यस्तै, पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री र ४५ वाटको सुपरभोक चार्जले दिनभर फोन पावरमा राख्छ ।

रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभजीले रियलमीको इनोभेसनप्रतिको प्रतिबद्धतालाई जारी राख्दै प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोनहरू प्रदान गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x