Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्राको अलइलेक्ट्रिक एक्सयुभी ४०० सार्वजनिक

महिन्द्राको अलइलेक्ट्रिक एक्सयुभी ४०० सार्वजनिक


काठमाडौं । अटोमोटिभ उद्योगमा ग्लोबल लिडर महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले महिन्द्रा एक्सयुभी चार सय सार्वजनिक गरेको छ । योसँगै एक्सयुभी चार सय नेपालको लागि महिन्द्राको पहिलो विद्युतीय एसयूभी ईभीको रूपमा स्थापित भएको कम्पनीले जनाएको छ ।

साथै, ग्राहकहरूका लागि पर्यावरण–मैत्री यात्राको लागि नयाँ मानक स्थापित भएको कम्पनीको दाबी छ । एक्सयूभी चार सय यसको चौथो सदस्यको रूपमा ट्विन पिक्स परिवारमा सामेल भएको छ । जसले उच्च–प्रदर्शन, स्टाइलिस, र प्राविधिकरूपमा उन्नत एसयूभीहरू प्रदान गर्न महिन्द्राको समर्पणलाई प्रतिविम्बित गर्ने कम्पनीले जनाएको छ । स्ट्यान्डआउट एक्सयूभी चार सय इएल प्रो भेरियन्ट, एक शक्तिशाली ३९ दशमलव चार किलोवाट ब्याट्रीले सु–सज्जित छ । विशेषगरी नेपाली बजारका लागि यो विशेष संस्करणले विभिन्न बजारका अद्वितीय आवश्यकताहरू र प्राथमिकताहरू पूरा गर्न आफ्नो प्रस्तावहरू अनुकूलित गर्ने महिन्द्राको क्षमतालाई प्रकाश पार्ने कम्पनीले जनाएको छ ।

महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका इन्टरनेसनल ओपेरसनसका हेड सचिन अरोलकरले नेपालमा महिन्द्रा एक्सयूभी चार सय गर्न पाउँदा खुसी व्यक्त गरेका छन । द्रूत गति, विस्तारित दायरा र बलियो सुरक्षा सुविधाहरूको साथ, एक्सयूभी चार सयले आधुनिक उपभोक्ताहरूको विकसित आवश्यकताहरू पूरा गर्छ । यसले नेपालमा विद्युतीय सवारीका लागि नयाँ मापदण्ड स्थापित गर्नेछ ।

एक्सयूभी चार सय ब्याट्री र मोटरमा तीन वर्षको वारेन्टीको साथ उपलब्ध हुने कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार यसको २९ जुनबाट २०२४ बाट बुकिङ शुरू भएको भएको छ । यसको मूल्य नेपालमा ५२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यसमा ३९ दशमलव चार किलोवाट ब्याट्री रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x