Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंका दुई विद्यालयबाट बालबालिका र वातावरण परियोजना सुरु

काठमाडौंका दुई विद्यालयबाट बालबालिका र वातावरण परियोजना सुरु


काठमाडौं । एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिकरूपमा सुरु गरेको छ ।

काठमाडौं महानगरपालिका, सहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरूकोे उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । काठमाडौं महानगरपालिकाले यस परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थाहरूलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ । परियोजनामा सहभागी विद्यार्थीहरूलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ, पुनः प्रयोग, अप साइक्लिङ र फोहोरको वर्गीकरणजस्ता विविध विषयहरूको ज्ञान प्रदान गरिनेछ । उनीहरूलाई वातावरणीय समस्याहरू वातावरण संरक्षणमा हाम्रो जिम्मेवारीजस्ता ज्ञान प्रदान गर्नु नै यस परियोजनाको मुख्य उद्देश्य हो ।

कार्यशालामा एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक, नवीन विकास महर्जनले बाबा परियोजनाबारे जानकारी दिएका थिए । परियोजनाकी संयोजक समीक्षा भट्टराईले कार्यक्रमको उद्देश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाहरूको बारेमा चर्चा गरेकी थिइन् । परियोजनालाई कामपा वडा नं २२ मा रहेको हिमालय मावि र कामपा वडा नं १२ मा रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।

सहरी योजना आयोग (शिक्षा) का शैलेन्द्र झाले पहिले बाबा कार्यक्रमलाई कामपाको वातावरण व्यवस्थापन विभागको कम्युनिटी मोबिलाइजेसन युनिट अर्थात् सीएमयूद्वारा परिचालन र कार्यान्वयन गरिएको बताए । बाबा कार्यक्रमलाई पुनर्जीवित र एकीकृत गर्ने उद्देश्यले एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडबीच भएको सहकार्यले महानगरको ‘बुक फ्रि फ्राइडे’ पहलको समर्थन गर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x