Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाई २८ नेपालमा

भिभो वाई २८ नेपालमा


काठमाडौं । भिभोले आफ्नो वाई शृङ्खलाको उत्कृष्ट सदस्य भिभो वाई २८ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको कमलादीस्थित २५६ फिट उचाइमा रहेका स्काइवाक टावरमा सो फोन सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो फोनलाई सात दशमलव ९९ मिमि अल्ट्रा–स्लिम बडीमा उपलब्ध गराइएको छ । साथै, यो फोन दुई रङहरू ग्लिमिङ ओरेञ्ज र एगेट ग्रिन कलर भेरियन्टमा उपलब्ध हुनेछ । यसको सौन्दर्यलाई अझ बढाउन यस्मा मेटालिक हाई–ग्लोस फ्रेम र अद्वितीयरूपमा निर्मित रियर क्यामेरा मोड्युल छन्, जसमा डाइनामिक लाइट समावेश छ । यसले संगीत र नोटिफिकेसनस गरी एक आकर्षक दृश्य र श्रवण अनुभव प्रदान गर्छ । भिभो वाई २८ मा विशाल ६००० एमएएच ब्याट्री रहेको छ ।

यसमा ४४ वाट फ्ल्यास चार्ज पनि छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिङका लागि पर्याप्त शक्ति प्रदान गर्छ । यसको स्थायित्वका लागि चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी पनि दिइएको कम्पनीले जनाएको छ । यसले १६०० चार्ज साइकलपछि पनि कम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्छ ।

साथै, भिभो वाई २८ मा ९० हर्ट्ज रिफ्रेस रेट र हाई ब्राइटनेस मोड भएको सनलाइट आई प्रोटेक्सन स्क्रिन छ । यस स्क्रिनमा टीयूभी राइनल्यान्ड लो ब्लू लाइट प्रमाणीकरण पनि समेटिएको कम्पनीले जनाएको छ । यसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्छ । डुअल स्टिरियो स्पिकरको साथ ३०० प्रतिशत अडियो बुस्टर सुविधा पनि रहेको भिभो वाई २८ ले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्ने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x