Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजिनव इङ्न्कको ‘सहकारीमा प्रविधिको सशक्तीकरण’ कार्यक्रम

जिनव इङ्न्कको ‘सहकारीमा प्रविधिको सशक्तीकरण’ कार्यक्रम


काठमाडौं । सहकारी संस्थाहरूलाई कोर बैंकिङसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराउँदै आइरहेको जिनव इङ्न्क प्रालिले ‘सहकारीमा प्रविधिको सशक्तीकरण’ कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीले पहिलो चरणमा मध्यपश्चिम तथा सुदूरपश्चिमका जिल्लाहरूमा ‘डिजिटल भविष्यका लागि सहकारीमा प्रविधिको सशक्तीकरण’ विषयमा अन्तक्र्रिया कार्यक्रमबाट सञ्चालन गरेको थियो । यसअन्तर्गत जेठ १४ देखि असार १४ गतेसम्म चितवनको नारायणघाट, बाँकेको नेपालगञ्ज र कोहलपुर, रुपन्देहीको बुटवल, सुर्खेतको मेलकुना तथा वीरेन्द्रनगर, बर्दिया, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएका छन् । यस्तै, जिल्लाका विभिन्न सहकारी संस्थाहरूसँग समेत छुट्टाछुट्टै छलफल गरिएको छ । कार्यक्रममा एक सय ५० वटाभन्दा बढी संस्थाका सञ्चालक तथा उच्च व्यवस्थापकहरूको सहभागिता थियो ।

कम्पनीले विकास र प्रवर्द्धन गरिरहेको फिनएक्स को–अपरेटिभ सफ्टवेयरका साथै वित्तीय बजारमा विकास भएका नयाँ प्रविधि तथा सहकारीमा प्रविधिमा आधारित सेवा सञ्चालनका चूनौती र सम्भावनाका विषयमा छलफल गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनियर रमिता चौधरीले जानकारी दिइन् ।

कार्यक्रममा फिनएक्स को–अपरेटिभ सफ्टवेयरमा थप भएका कर्जा लगानी प्रक्रियासम्बन्धी विस्तृत मोडल, गो एएमएल, कोपोमिस, पल्स मनिटरिङलगायत नयाँ एन्या सुविधाहरूबारे डेमो प्रस्तुत गरिएको थियो । यस्तै, कम्पनीले विकास गरेको डिजिटाइजेसनसम्बन्धी एप्सहरू एम कोप एपमार्फत क्युआर कोड भुक्तानी तथा फस्र्यौट, मिसकलमार्फत मोबाइल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इ–सेवा खल्तीलगायतका वालेटहरूमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएमलगायतका सुविधाबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।

यस्तै, कम्पनीले साउन १५ गतेपछि पूर्वी तराईका जिल्लाहरूमा समेत यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । कम्पनीले गत साउन १ गतेदेखि फिनएक्स को–अपरेटिभ सफ्टवेयर नामबाट नयाँ–नयाँ विशेषतासहितको प्रविधिहरूको विकास र विस्तार गरिरहेको छ ।

हाल चार सयवटा भन्दा बढी संस्थाहरूले कम्पनीले विकास गरेको फिनएक्स को–अपरेटिभ सफ्टवेयर सेवा प्रयोग गरिरहेका छन् । यसमध्ये हाल एक सय ५० भन्दा बढी संस्थाहरूले क्लाउडमा आधारित सेवाहरू उपभोग गरिरहेका छन् । कम्पनीले क्लाउडमा आउन बाँकी संस्थाहरूलाई पनि विशेष सुविधासहितको योजना सार्वजनिक गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x