Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति

सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति


काठमाडौं । सरकार र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबीच सहमति भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुधबार भएको छलफलपछि आन्दोलनरत पक्षसँग तीनबुँदे सहमति भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूिर्त मन्त्रालयका सचिव, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घका अध्यक्ष तथा प्रतिनिधिसमेतको बैठकले नवीकरण छुट भएका उद्योग नवीकरणका लागि आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ । प्राकृतिक स्रोतको बाँडफाँट र उपयोगका साथै निर्माणजन्य सामग्रीको उपयोग र व्यवस्थापनमा देखिएका विद्यमान समस्या सम्बोधन गर्न मन्त्रालयले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संसद्मा दर्ता गरिसकेको छ । उक्त विधेयक दफावार छलफलका लागि संसद्को समितिमा रहेको छ ।

‘उक्त विधेयक पारित भएपश्चात् क्रसर उद्योगको नवीकरणसम्बन्धी विद्यमान समस्या सम्बोधन हुने र निर्माणमुखी सामग्री उत्खनन्, व्यवस्थापन, उपयोग र नियमनमासमेत सहजता हुने भएकाले उक्त विधेयक चाँडो पारित गर्न गराउन आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने”, सहमतिपत्रमा उल्लेख छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x