Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी मिस्टर नेपालको मुख्य प्रायोजक

रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक


काठमाडौं  । स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमितरूपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिस गिरीले मिस्टर नेपालसँगको यस सहकार्यले नेपाली युवा उपभोक्ताहरूसँग विश्वासिलो सम्बन्ध निर्माण गर्ने र नेपाली बजारमा आफ्नो बलियो छाप छोड्ने रियलमीको प्रतिबद्धतालाई झल्काउने बताए । त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यो सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पु¥याउने उल्लेख गरे ।

देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाइ छ । झापाबाट सुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा हुँदै काठमाडौंमा समापन हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x