शाओमीको रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर
काठमाडौं । शाओमीले आफ्नो नेपाली ग्राहकहरूको लागि जुलाई ज्याकपट अफर सुरु गरेको छ । यस अफरमा ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा चार हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जीमा उत्कृष्ट छुटहरू १ जुलाईदेखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा पाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार रेड्मी १३ नोट सिरिजअन्तर्गत तीन मोडेलका फोनहरू रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जी उपलब्ध छन् । ६+१२८ जीबी र ८+२५६ जीबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा एक सय २० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामरा रहेको छ । रेड्मी १३ को दुवै भेरियन्टमा एक हजार रुपैयाँ मूल्य छुट गरिएको कम्पनीले जनाएको छ । बजारमा हाल रेड्मी १३ को अफर मूल्य क्रमशः २३ हजार नौ सय ९९ रुपैयाँ र २६ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
त्यसैगरी रेड्मी नोट १३ प्रोमा इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जी ९९ अल्ट्रा प्रोसेसर रहेको छ । ८+२५६ जीबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध रहेको यो फोनमा कम्पनीले क्रमशः दुई हजार रुपैयाँ र चार हजार रुपैयाँ छुट दिएको छ । छुटपश्चात हाल रेड्मी नोट १३ प्रो को मूल्य ३२ हजार नौ सय ९९ रुपैयाँ र ३५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
यस्तै, रेड्मी नोट १३ प्रो प्लस ५ जीमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कभर्ड डिस्प्ले छ । एक सय २० वाटको चार्जरसहित ८+२५६ जीबी स्टोरेज र १२ जीबी+५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा यो फोन उपलब्ध छ । कम्पनीले यो फोन दुई हजार रुपैयाँ छुट उपलब्ध गराएको छ । हाल कम्पनीले यो फोनको नयाँ मूल्य ४५ हजार नौ सय ९९ रुपैयाँ र ५० हजार नौ सय ९९ रुपैयाँ तोकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया