सेफ्टी ट्यांकी सफा गर्ने हातेपम्प निर्माण
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका प्राध्यापक इन्जिनियरहरुको एउटा टोलीले सेफ्टी ट्यांकी सफा गर्ने हातेपम्प तयार गरेका छन् । विद्युत् नपुगेको ग्रामीण क्षेत्रलाई लक्षित गरी तयार पारिएको हाते सेफ्टी ट्यांकी पम्पको परीक्षण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीले छनौट गरेअनुसार गुलरिया नगरपालिकामा यसको गरिएको थियो । त्यस क्रममा नगरपालिकामा एउटा कार्यशाला आयोजना गरिएको थियो, जहाँ इम्पेरियल कलेजबाट ल्याइएको गुल्परको परीक्षण गरिएको थियो । कार्यक्रममा नगरपालिकाका ४० भन्दा बढी सहभागी र सरसफाइकर्मीसहित क्षेत्रका व्यवसायीहरुको सहभागिता थियो । गुलरियामा सरसफाइ अभ्यासमा सुधार गर्न गुल्पर प्रविधिको सम्भावना देखेर उपस्थितहरू प्रभावित हुनुका साथै सरसफाइ क्षेत्रमा व्यावसायिक अवसरहरू सिर्जना गर्ने क्षमताको प्रशंसा गरेको जनाइएको छ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरका विज्ञान तथा मानविकी विभागकी प्रोफेसर सावित्री त्रिपाठीको अगुवाइमा मेकानिकल इन्जिनियर डा. अरुण सत्याल, प्रकाश बस्याल र अनिल सापकोटाले गुल्पर प्रोजेक्टअन्तर्गत सेफ्टी ट्यांकी सफा गर्न हातेपम्पको विकास गरेका हुन् ।
फलाम, डोरी तथा पुरानो गाडीको टायरबाट निर्माण गरिएको सेफ्टी ट्यांकी हातेपम्प खासगरी ग्रामीण क्षेत्र तथा न्यून आय भएका समुदायले सजिलै प्रयोग गर्न सकून् भनेर तयार पारिएको बताइएको छ । यसमा पुराना सामग्रीहरु फलाम, गाडीको टायर र डोरीहरु प्रयोग गरिएको छ । विकसित देशहरुमा यस्तो सामग्रीहरुको आवश्यता नपर्ने भएकोले नेपाल जस्तो ग्रामीण क्षेत्रहरुका लागि यो नवीनतम साधन भएको उनीहरुले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया