Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटिकटकको कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

टिकटकको कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक


काठमाडौं । टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गरेको छ ।

कम्पनीले पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डेटा पोइन्ट र ट्रेन्डहरूलाई समेटेर एवम् ग्लोबल कम्युनिटीका लागि सुरक्षित वातावरण निर्माण गर्ने आफ्नो प्लेटफर्मको भावनाअनुसार सो रिपोर्ट सार्वजनिक गरेको हो । टिकटकले सो समयमा संसारभरबाट आफ्नो प्लेटफर्ममा अपलोड भएका १६ करोड ६९ लाख ९७ हजार भिडिओहरू हटाएको छ। जुन अपलोड गरिएका भिडिओहरूको लगभग ०.९ प्रतिशत हो । यीमध्येको एक महत्वपूर्ण हिस्सा १२ करोड ९३ लाख ३५ हजार भिडिओहरू अटोमेटेड डिटेक्सन प्रविधिहरूमार्फत पहिचान गरी हटाइएको थियो भने ६० लाख ४२ हजार भिडिओहरू थप समीक्षापछि पुनर्स्थापित गरिएका छन् ।

यसका साथै टिकटकले आफ्नो कम्युनिटी गाइडलाइनहरू उल्लङ्घन गरेको आधारमा पहिलो क्वार्टरमा ९७ करोड ६४ लाख भिडिओ कमेन्टहरू पनि हटाएको छ । यो संख्या त्यस अवधिमा प्रकाशित कुल भिडिओ कमेन्टहरूको १.६ प्रतिशत हो । त्यस अवधिमा क्रिएटरहरूले आफ्ना भिडिओहरूबाट ३ अर्ब ३८ करोड कमेन्टहरू फिल्टर गर्न वा हटाउन उनीहरूको एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलहरूको पनि प्रयोग गरेका थिए ।

टिकटकले आफ्नो गाइडलाइन्सविपरीतका कन्टेन्टहरू पहिचान, रिभ्यु र अड्रेस गर्न प्रतिबद्ध रहेको जनाएको छ । यसबाहेक टिकटकले अनलाइन बालयौन दुव्र्यवहार र शोषण र बालयौन दुव्र्यवहार सामग्रीको आदानप्रदानविरुद्ध लड्न आफ्नो प्रयासहरूमा एक नयाँ स्ट्यान्ड–अलोन रिपोर्ट पनि लन्च गर्नलागेको छ । यसले प्लेटफर्मलाई बालबालिकालाई हानि गर्न खोज्नेहरूको पहुँचबाट जोगाउने टिकटकको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x