Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३को पेट्रोल भर्सन किन्न पाइने

२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३को पेट्रोल भर्सन किन्न पाइने


काठमाडौं । सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ ।

यो नयाँ स्किममा सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्ने जनाइएको छ । यसअनुसार ३६ लाख ५० हजार रुपैयाँ पर्ने यो कार किन्न ग्राहकले सुरुमा ७ लाख २० हजार रुपैयाँ भुक्तानी गरे पुग्छ । बाँकी रकमलाई भने सरल किस्ताबन्दीमा ७ वर्षसम्म ईएमआई भुक्तानी गर्न सकिनेछ । इलेक्ट्रिक कारको वर्चस्व बढ्दै गएको अटो बजारमा पछिल्लो समय पेट्रोलियम कारको बिक्री बढाउन विभिन्न कम्पनीले आकर्षक स्किम ल्याएका छन् । सोही क्रममा सांग्रिला मोटर्सले पनि ईभीमा जस्तै २० प्रतिशत डाउनपेमेन्ट गरेर सी३ पेट्रोल भर्सन किन्न सकिने योजना ल्याएको हो ।

फ्रान्सेली मूल र भारतमा बनेको सिट्रोन सी३मा १२०० सीसीको पेट्रोल इन्जिन छ । यसले ८२ पीएस पावर र ११५ एनएम टर्क दिन्छ भने ५ स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ । फ्रन्ट ह्विल ड्राइभ प्रणालीले सुसज्जित यो गाडीले १४० किमि/घण्टाको टप स्पिडमा पुग्ने र १९ किमि/लिटरको प्रभावशाली माइलेज दिन्छ । आराम र सुरक्षाको लागि डिजाइन गरिएको, सिट्रोन सी३मा १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, ईबीडीसहितको एबीएस र डुअल एयरब्यागहरू छन् । १८० एमएमको ग्राउन्ड क्लियरेन्सयुक्त यो गाडी विभिन्न भूभागहरूको लागि उपयुक्त छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x