सामसङ प्लाजाद्वारा नयाँ वेबसाइट सार्वजनिक
काठमाडौं, असार ८
सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रुपमा सामसङ प्लाजाका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ वेबसाइटमा सामसङका उत्पादनहरुको विशेषताहरु र मुल्यहरु राखिएको छ जसले ग्राहकहरुलाई आवश्यक उत्पादनहरु कार्टमा राखेर खरिद गर्न सक्ने सुविधा प्रदान गर्दछ ।
लकडाउनको बीचमा सामसङ प्लाजाको नयाँ वेबसाइट आफ्नो घरको सुरक्षित वातावरणमा बसेर सामसङका उत्पादनहरु खरिद गर्न इच्छुक ग्राहकहरुका लागि समाधानको रुपमा आएको छ । यसका साथै उनीहरुले सर्भिससंग सम्बन्धित जिज्ञासाहरु पनि राख्न सक्नेछन् । सामसङ प्लाजामा विभिन्न मुल्य दायराका सामसङका उत्पादनहरु – एलईडी टिभी, रेफ्रजिरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र मोबाइल फोनहरु रहेका छन् । सामसङ प्लाजा नेपालका विभिन्न स्थाहरुमा अवस्थित छन् ।
हिम इलेक्ट्रोनिक्स प्रा.लि. की निर्देशक सीमा गोल्छाले बजारमा कम्पनीको उपस्थीतिलाई अझ बलियो बनाउन र स्ट्रिमलाइन पहिचानका साथ आउदो वर्षहरुमा फस्टाउँदै जान अर्को कदमको रुपमा नयाँ वेबसाइट सार्वजनिक गरेको बताईन् । हालै शुरुवात गरिएको वेबसाइटमार्फत ग्राहकहरुलाई आफ्नै घरको सुविधा र सुरक्षामा रहेर सामसङ उत्पादनहरु खरिदको नयाँ अनुभव प्रदान गर्ने बताउँदै उनले ग्राहरुको सेवाका लागि कम्पनी सदैब तत्पर रहेको बताईन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया