Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपञ्चकन्या स्टिलको नयाँ फलामे छड सार्वजनिक

पञ्चकन्या स्टिलको नयाँ फलामे छड सार्वजनिक


काठमाडौं, असार ८
पञ्चकन्या स्टिलले उत्कृष्ट लचकता भएको अर्को उत्पादन ५५० एक्स्.डी. र ५०० एक्स्.डी. नयाँ फलामे छड सार्वजनिक गरेको छ । पञ्चकन्या प्राईम स्टिलमा शुद्ध रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्रयोग भएको छ । जसले गर्दा यसमा उच्च लचकता, लम्बाईको आकारमा पनि एकरुपता र आकर्षक रिवारले युक्त रहेको कम्पनीको भनाई छ । ५०० डी मा जस्तै यसको शक्तिमा पनि एकरुपता तथा बारहरुलाई धेरै भन्दा धेरै तन्काउन सकिने क्षमता र ठुलो भुकम्पमा पनि क्षति नपुग्ने गरी लामो आयु भएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार नयाँ रिब्ड डिजाइन भएको ५०० एक्स्.डी. र ५५० एक्स्.डी. प्रति युनिटको लम्बाईमा त्यसको पारदर्शीता स्पष्ट देखिने भएकाले यसलाई अझ बढी सुदृढ र बलियो बनाएको छ । यसले कन्क्रिटमा पनि सजिलै पकड गर्ने क्षमता राख्दछ । पञ्चकन्या ५०० एक्स्.डी. जुनसुकै विकासका पूर्वाधारका कामहरु र ५५० एक्स्.डी. का छडहरु ठुलाठुला आयोजना तथा अग्लाअग्ला निर्माणका लागि प्रयोग हुने कम्पनीको भनाई छ । कम्पनीका अनुसार उच्च लचकता भएका रिबारहरु ८ मी.मी. र ४० मी.मी. साईजमा उपलब्ध गराउन सकिनेछ । एक्स्.डी. ग्रेडका उच्च गुणस्तर भएका बारहरुमा कम्पनीले कुनै पनि मूल्य वृद्धि गरेको छैन । ५०० डी ग्रेड पनि पुरानै मुल्य अनुसार नै उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x