अस्ट्रेलियाको उच्चस्तरीय बेबी ब्राण्ड ड्रिमबेबी नेपालमा
काठमाडौं, असार ८
बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी अब नेपालमा पनि पाईने भएको छ । नेपालमा आईएमएस ग्रुप अन्तर्गत आईएमएस लिटिल स्माईल्स कम्पनीले ड्रिमबेबीका सामग्रीहरु भित्र्याएको हो । संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रीमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध गरिने कम्पनीले जनाएको छ ।
ड्रिम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएकाछन् । ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् । यस बेबि ब्रान्डले धेरै अवार्डहरू पनि जितेका छन् । ड्रीमबेबीका सामानहरू आईएमएस लिटिल स्माईलेस शोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुनेछन् । साथै अनलाइन डेलिभरीको लागि नेपालको सबैभन्दा ठूलो अन्लाइन मेगास्टोर स्मार्टडोकोमा पनि उपलब्ध गराइनेछ ।
ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । साथै ग्राहकहरूले पाँच हजार रुपैयाँ वा सो भन्दा बढीको सामान खरिद गरेमा डाक्टर ब्राउनको ९ सय ८० रुपैयाँ मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सक्नेछन् । डक्टरब्राउन अमेरिकाको उच्चस्तरीय बेबी बोतल ब्राण्ड हो । यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामान देखि लिएर पेसिफाइर, सिप्पि कप र अन्य धेरै छन् । अफर यहि २०७७ साल असार २१ गते सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया