Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाइल उत्पादक प्राइम सेरामिक्स सञ्चालनको पहिलो वर्ष पूरा

टाइल उत्पादक प्राइम सेरामिक्स सञ्चालनको पहिलो वर्ष पूरा


काठमाडौं । भित्ता र फ्लोर टाइल्स उत्पादक कम्पनी प्राइम सेरामिक्स प्रालिले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको छ । कम्पनीले दुई अरबको लगानीमा गत असारदेखि रौतहटमा आफ्नो अत्याधुनिक फ्याक्ट्रीबाट इटालीको विश्व अग्रणी प्रविधि प्रयोग गरी टाइलहरुको उत्पादन सुरु गरेको थियो ।

एक वर्षको अवधिमा कम्पनीको ब्रान्ड ‘प्राइम–टाइल्स विथ स्टाइल’ले नेपाली उपभोक्ताहरुको मन जित्दै दुई करोड स्क्वायर फिटभन्दा बढी टाइलहरु बिक्री गर्न सफल भएको छ । यस सफलताको प्रमुख कारणहरूमा भित्ता र फ्लोर टाइलको विभिन्न साइजहरु, तीन सय ५० भन्दा बढी डिजाइनहरू, एक सय २० डिलरहरुको बलियो नेटवर्क, गुणस्तरीय उत्पादनहरु, प्रतिस्पर्धी मूल्य र नेपालीको स्वदेशी ब्रान्ड रहेको छ । तीन सय ५० कर्मचारीहरूको टिमको साथ, सम्पूर्ण निर्माण प्रक्रियाहरु अत्याधुनिक, अल्ट्रा–आधुनिक डिजिटल प्रिन्टिङ टेक्नोलोजी र नेपाली कच्चापदार्थसहित स्पेनिस गलेज मसीको प्रयोग गरी, कम्पनीले नेपाली ग्राहकहरूको चाहनाअनुरुपको रोजाइ तथा प्राथमिकताका टाइलहरु उत्पादन गरेको जनाएको छ ।

कम्पनीले नेपालमा पहिलो पटक बिल्डकन २०२४ मा स्पिरिट अफ नेपाल कलेक्सन लन्च गरेको थियोे, जसमा मिथिला आर्ट, पौवा आर्ट, ढाका परिधान, गोदावरी मार्बल डिजाइन र लोकल फ्ल्याग स्टोनलगायतका नेपालको कला र संस्कृतिलाई टाइल्समा प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार प्राइम टाइल्सले विश्वव्यापी मापदण्ड पूरा गर्ने नेपाली ब्रान्ड भएकोमा निकै सन्तुष्टि महसुस गरेको छ । कम्पनीले आयातित टाइल्सलाई आंशिकरूपमा प्रतिस्थापन, विदेशी मुद्राको बचत, स्थानीय रोजगारीमा वृद्धि तथा नेपाली खनिज स्रोतको उचित उपयोग गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x