Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओमनमा श्रम सचेतना र साहित्य कार्यक्रम

ओमनमा श्रम सचेतना र साहित्य कार्यक्रम


काठमाडौं । २११औँ भानु जयन्तीको अवसरमा नेपाली राजदूतावास, मस्कटले श्रम सचेतना तथा साहित्य कार्यक्रम आयोजना गरेको छ । नेपाली सोसल क्लब ओमान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमानको सहकार्यमा राजदूतावासले शुक्रबार साँझ नेपाल हाउसमा सो कार्यक्रको आयोजना गरेको हो ।

उक्त कार्यक्रममार्फत नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती अर्थात् भानुजयन्ती मनाउने, नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्ने र साहित्यिक प्रस्तुतिको माध्यमबाट श्रम चेतनासम्बन्धी जानकारी प्रवाह गर्ने कार्य गरिएको थियो । कार्यक्रमको सुरुआत ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले परम्परागत पानसमा दिप प्रज्वलन गरी गरेका थिए । राजदूत अर्यालले नेपालका प्रथम कवि अर्थात् आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै उनले नेपाली साहित्यमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए । मानव जीवनमा साहित्यको महत्व र विभिन्न विषयमा चेतना जगाउन साहित्यिक कृतिले कसरी सहयोग गर्न सक्छ भन्नेबारेमा उनले प्रकाश पारेका थिए ।

कार्यक्रममा राजदूतावासका द्वितीय सचिव विशेष कुमार साहले पुनःश्रम स्वीकृति, अनलाइन पोर्टलबाट मागपत्र प्रमाणीकरणलगायत श्रम सचेतनासँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा विकल झा, कृष्ण भुसाल प्यासी र नेपाली समुदायका अन्य सदस्यहरूले श्रम चेतना र मातृभूमिबाट टाढा रहँदा बखत जीवन र जीविकोपार्जन बुझ्न साहित्यको महत्त्वबारे आफ्नो विचार राखेका थिए । कार्यक्रममा २१ जना सहभागीहरूले कविता, गजल र अन्य नेपाली साहित्यिक कृतिहरू वाचन गरेका थिए । कार्यक्रम सञ्चालन गर्न ओमानमा रहेका विभिन्न नेपाली संघसंस्थाका स्वयंसेवकहरूले सहयोग गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x