‘आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास’
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको उद्घाटन गर्दै उनले पर्यटकको अथाह सम्भावना भएको नेपालमा पूर्वाधार विकास गरी देश विदेशमा प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए ।
‘विश्वको सर्वोच्च शिखर सगरमाथा, आठवटा उच्च हिमाल नेपालमा छन्, विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालदेखि बुद्धको जन्मथलो लुम्बिनी नेपालमा छ, यसको विश्वमा सही ढङ्गले प्रचारप्रसार गर्नुपर्छ’, उनले भने । सांस्कृतिक र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य नेपाल भएको उनले बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटनको उत्कृष्ट गन्तव्य ठमेलभित्र रहेका व्यापारिक र अन्य चुनौतीलाई चिर्नका लागि परिषद् लाग्नुपर्ने उनले बताए । ठमेल पर्यटन गुरुयोजना र व्यावसायिक आचारसंहिताले ठमेललाई सही ढङ्गले अगाडि बढाउन सहयोग पुग्ने अध्यक्ष दाहालले बताए । सफा सुरक्षित व्यवसायमैत्री ठमेल बनाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
खरिद ऐनले विकासमा बाधा पुर्याएकाले यसलाई संशोधन गर्ने काम भइरहेको अध्यक्ष दाहालले बताए । ठमेलमा सक्षम, योग्य र दूरदर्शी नेतृत्व चुन्न उनले परिषद्का सदस्यहरुलाई आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले ठमेललाई गुनासोरहित रुपमा सञ्चालन गर्न परिषद्ले काम गर्नुपर्ने बताए । उनले पर्यटकको प्रमुख गन्तव्यस्थलका रुपमा परिचत ठमेलभित्रको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउनुपर्ने उल्लेख गरे । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले देशको अर्थतन्त्रको मुख्य आधार पर्यटन क्षेत्र भएकाले यसको विकासमा लाग्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले नेपाल आउने ८० प्रतिशत विदेशी पाहुना ठमेल आउने भएकाले यसको नेपालको पर्यटन क्षेत्रमा ठूलो महत्व रहेको उल्लेख गरे । उनले वडा र स्थानीय सरकारसँगको सहकार्यमा ठमेललाई व्यवस्थित बनाउन वर्तमान कार्यसमितिले गरेको पहलप्रति धन्यवाद दिए । नेपाल सरकारले ठमेललाई प्राथमिकतामा राख्न नसकेको उनको भनाइ थियो । पर्यटन क्षेत्रको विकास गर्न सरकारले ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने उनले बताए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले ठमेललाई व्यवस्थित बनाउन सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । नेपाल पर्यटन बोर्ड नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारमा लाग्ने बताए ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलभित्र गर्न बाँकी रहेका काम आगामी दिनमा पूरा हुने विश्वास व्यक्त गरे । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेललाई पर्यटकीय हबका रुपमा विकास गर्न परिषद्ले काम गर्दै आएको उल्लेख गरे । परिषद्को आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया